काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।
उनले २ हजार ९०२ मत पाउँदै उनी विजयी भइन् । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे ।
नेकपा एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १ हजार ८२ मत पाएका छन् ।
यसअघि यो वडा काँग्रेसले जितेको थियो ।