रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । अघिल्लो पेसीको झन्डै ११ महिनापछि सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो ।

युवराज सफलले लामिछानेमाथि उक्त विषयमा मुद्दा नचल्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय बदरको माग गर्दै ०७९ चैत २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सोमबार न्यायाधीश फुयाँल र निरौलाको पेसी सूचीको ३० नम्बरमा परेको थियो ।

सर्वोच्चले यसअघि तीनपटक फाइल मगाउने आदेश गरेको थियो । ०७९ चैत २२ मा न्यायाधीश फुयालको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । ०८० जेठ १ गते फुयाँलकै इजलासले फाइल मगाउने आदेश गरेपछि पेसी आठ महिना सारिएको थियो । त्यसको झन्डै ११ महिनामा फेरि पेसी चढेको मुद्दा पुनः हेर्न नभ्याइनेमै परेर स्थगित भएको छ ।

तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले ०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top