एनपीएलमा जनकपुरको लगातार दोस्रो जित

Facebook
Twitter
WhatsApp

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई आठ विकेटले हराएको हो ।

जितका लागि एक सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुररले १५.१ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । जनकपुरका लागि कप्तान अनिल शाहले अविजित ६२ रनको अर्धशतकीय इनिङ्स खेले ।

जारी लिगमा तीन खेल सकिँदा अनिल अर्धसतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ४२ बलमा ६ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् ।

यस्तै आशिफ शेखले ३६ रन बनाए । अनिल र आशिफले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । लाहिरु मिलन्थाले २४ र जेम्स निसमले अविजित १६ रन बनाए । बलिङमा कर्णालीका मौसम ढकाल र जिसन मक्सुदले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४१ रन बनाएको थियो । कर्णालीका लागि गुलशन झाले सर्वाधिक ३६ रन बनाए ।

उनले २७ बलमा एक चौका तीन छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । यस्तै अर्जुन घर्तीले ३३ र कप्तान सोमपाल कामीले अविजित २९ रन बनाए ।भारतीय क्रिकेटर शिखर धवन १४ रनमा आउट भए । बाबर हायतले १२ रन जोडे । बलिङमा कर्णालीका मोहम्मद मोहसिनले दुई विकेट लिए । ललित राजवंशी, हर्ष थाकर, जेम्स निसम र किशोर महतोले एक एक विकेट लिए ।

यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई पनि आठ विकेटले हराएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top