काठमाडौं । साहारा चितवन सहकारीको बचत रकम अपचलनको अनुसन्धानका लागि चितवन लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहिलो दिन बयान लिइएको छ ।
आज पहिलो दिन लामिछानेसँग २६ वटा प्रश्न सोधिएको छ । लामिछानेका लागि ६५ वटा प्रश्न तयार पारिएको छ । आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने छ।
जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान भएको हो। लामिछानेलाई मंगलबार काठमाडौंबाट चितवन लगिएको हो।