काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई हरायो

Facebook
Twitter
WhatsApp

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णालीमाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो ।
एनपिएलमा काठमाडौंको यो पहिलो जित हो भने कर्णालीको लगातार दोस्रो हार हो । आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको थियो।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा कप्तान करण केसीले कप्तानी इनिङ खेले । १० बलको सामना गरेका उनले २८ रन जोडे । करणले २ चौका र २ छक्का हिर्काए ।

सुमित महर्जनले ४० रन जोडेको खेलमा जेरार्ड एरास्मसले ३८ तथा माइकल लेभिटले २२,भीम सार्की ८ र शंकर राना ६ रनमा आउट भए । बलिङतर्फ कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन प्रसाद शर्माले समान १ विकेट लिए । यसअघि भारतीय खेलाडी शिखर धवनको आक्रामक ब्याटिङको मद्दतमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती पेश गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोडेको हो ।

कर्णालीका लागि भारतीय खेलाडी शिखर धवनले शानदार ब्याटिङ गरे । पहिलो खेलमा चल्न नसकेका धवनले आजको खेलमा भने धुँवादार ब्याटिङ गर्दै ७२ रन जोडे । ५१ बलको सामना गरेका उनले ४ चौका र ५ छक्का हिर्काए । धवनले हिर्काएको अर्धशतक यस सिजनको एनपीएलको छैटौं अर्धशतक हो ।

उनीअघि जनकपुर बोल्ट्सका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए । विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top