सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई७३ रनले हरायो

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सकेको हो ।

प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । काठमाडौंका लागि स्टेफन स्किनाजीले सर्वाधिक ३७ रन जोडे । उनले ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए ।  सुमित महर्जनले १० बलमा १४ रन जोड्दै अभिनास बोहोराको बलमा नरेन साउदबाट क्याच आउट भए । भीम सार्की ८ बलमा १० रन बनाउँदै रन आउट भए । जेहार्ड एरास्मसले ५ बलमा १० रन जोडे । एरास्मस नरेन साउदले एलबिडब्लु धरापमा पारे ।

नरेन साउदले १४औं ओभरमा स्किनाजी र राशीद खानलाई आउट गराएसँगै सुदूरपश्चिम खेलमा पुर्णरुपले हाबी भएको थियो । कप्तान करण केसी ठूलो सट खेल्ने चक्करमा नरेन साउदको बलमा आउट भए । सुदूरपश्चिमका लागि नरेन साउदले ४ ओभरमा १९ रन खर्चिएर ५ विकेट लिए । अभिनास बोहोराले २ तथा ब्रन्डन म्याकमुलन र सेफ जैबले समान १ विकेट लिए ।

सुदूरपश्चिमका लागि ब्रेन्डन मक्मेलनले सर्वाधिक ५३ रन जोडे । उनले ३६ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । एनपिएलको पहिलो अर्धशतक उनले ३१ बलमा पूरा गरेका थिए । जेहार्डको बलमा मक्मलेन आउट भए । मक्मेलन र विनोद भन्डारीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे ।

मक्मेलन आउट भए लगत्तैको बलमा भन्डारी पनि २८ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रनाउँदै आउट भए । विनोद साहब आलमको बलमा एलबिडब्लु आउट भए । दिपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । दिपेन्द्र लामो सट प्रहारको चक्करमा करण केसीको बलमा बाउन्ड्रिमा माइकल लेभिटबाट क्याच आउट भए ।

ओपनरको भुमिकामा आएका सेफ जैबले ९ बलमा ११ रन जोडे । ओपनर जैब ११ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए । रोहन मुस्ताफले ७ बलमा ४ रन जोडे । मुस्ताफा राशिद खानको बलमा बोल्ड आउट भए । आरिफ शेख ३ रन बनाउँदै रन आउट भए ।
एक समय ११.१ ओभरमा १ सय रन पूरा गरेको सुदूरपश्चिमले निरन्तर विकेट गुमाउँदा विशाल योगफल बनाउँन असफल भयो । काठमाडौंका लागि राशिद खानले २ तथा करण केसी, जेहार्ड एरास्मस र साहब आलमले समान १ विकेट लिए ।

सुदूरपश्चिम लगातार दोस्रो जितका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित काठमाडौंको ३ खेलबाट २ अंक भएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top