काठमाडौं । सरकारमा रहेका दलका नेताहरू नै पछिल्लो समय सहकारी ठगीको आरोप लगाउँदै पक्राउ गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा खुल्न थालेका छन् ।
सरकारले रविमाथि ज्यादति गरेको भन्दै चौतर्फी विरोध सुरू भएको हो । सत्तारूढ दल नेपाली काँग्रेसका नेता शेखर कोइरालाले केही दिनअघि सरकारले रविमाथि प्रतिशोध साँधिरहेको बताएका थिए ।
यसैबीच काँग्रेस सांसद सुनिल शर्माले पनि सरकारले रविलाई ह्यारेश गरिरहेको बताएका छन् । रविलाई जिल्ला जिल्ला दौडाएर सरकारले नियतवस दुःख दिइरहेको उनले बताएका हुन् ।
उनले भने, ‘अहिलेको गृहमन्त्री रमेश लेखक दाइ कानूनको ज्ञाता पनि हुनुहुन्छ। हाम्रो गृहमन्त्री नै भएको बेलामा यो केस न्यायिक निरूपणको विषय हो। न्यायालयले यसबारे बोल्नुपर्ने कुरा हो। सकेसम्म पहिलो हप्ता नभए ८र१० दिनभित्र अदालतमा बुझाइदिनुपर्ने हो। तर, नियतवश, मानिसिक रूपमा ह्यारेस गराउनको निम्ति रविलाई कहिले कता कहिले कता कुदाएको छ। देख्दा हेर्दा लोकलाई पनि लाज हुने गरी सबैले बुझ्ने गरी अन्यायपूर्ण ढंगले काम भइरहेको छ। यसको भर्त्सना गर्छु।’
रविप्रति सरकारले गरेको व्यवहारको प्रतिपक्षी दलहरूले पनि चर्को विरोध गरिरहेका छन् ।