काठमाडौं । विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलमा लगातार तेस्रो जित हात पारेको छ।
सुरुवाती दुई खेलमा पराजित भएको कर्णालीले मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।