नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले तारकेस्वर गाउपालिका वडा नं २ मा कमिटि गठन गरेको छ ।
देव कुमार अधिकारीको संयोजकत्वमा आज एक भेला गरि हाललाई ५ सदस्यीय कमिटि गठन गरिएको हो।
नयाँ कमिटि सदस्यहरुमा होम नाथ अधिकारि,कृष्ण प्रसाद ढकाल ,राम प्रसाद न्यौपाने र बलराम श्रेष्ठ रहेका छन्। तारकेस्वर गाउपालिकाको ६ वटा वडा मध्ये ५ ओटामा पहिले कमिटि गठन भैसकेको छ। यो सगै तारकेस्वरका सबै वडाहरुमा रास्वपाको संगठन पुरा भएको छ।
अहिले बनेको कमिटि अधिबेशनको पुर्व तयारीका लागि तदर्थ कमिटि मात्रै भएकोले यो पछि लगत्तै वडा अधिबेशन गरिने रास्वपा नुवाकोटका निर्वाचन क्षत्रीय समितिका सचिब दिल बहादुर शाक्यले जानकारी दिनुभयो।
अधिबेशन पछि भने फुल कमिटि बन्नेछ। हाल यस वडामा रास्वपाको भोटर बाहेक सक्रिय सदस्यहरु ५० को हाराहारीमा पुगिसकेको छ। यो क्रम बढ्दो छ , रास्वपाका स्थानीय नेता केशब अधिकारीले बताए।
भेलामा रास्वपा नुवाकोट क्षेत्र न २ का गत निर्वाचनका प्रत्यासी उमेद्वार सुमन बिक्रम पाण्डे लगायत जिल्ला स्तरीय नेताहरुको पनि उपस्थिति रहेको थियो।