काठमाण्डौ । नेपाल युवा परिषदले रोशी गाउँपालिकाका बाढीपहिरो पिडित
बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
युवाहरुको क्षेत्रमा कृयाशिल भई बिगत १३ बर्ष देखि युवा सशक्तिकरण, जलवायु परिवर्तन, युवा उद्यमशीलता लगायका क्षेत्रका कार्य गर्दै आई रहेको राष्ट्रिय स्तरको युवा संस्था नेपाल युवा परिषदले उक्त कार्य गरेको हो।
यति मात्र नभई यस सस्थाले राष्ट्रिय स्तरमा राष्ट्रिय युवा सम्मेलन, प्रदेश स्तरमा प्रदेश युवा सम्मेलन समेत गर्दै आइरहेको छ ।
गत असोज १० देखि १२ सम्म परेको अबिरल बर्षाको कारणले रोशी गाँउपालिकामा ठुलो परिणाममा भौतिक र मानवीय क्षति पुगेको थियो । त्यसमा पनि कतिपय सामुदायिक बिद्यालयहरुको भौतिक क्षतिले त्यस बिद्यालयमा अध्ययनरत बिद्यार्थी भाईबहिनीहरुको शैक्षिक जिवनमा नै असर नपरोस भन्ने उदेश्यका साथ नेपाल युवा परिषद र
मास्टरपीस एनवाईसीको अगुवाईमा, लायन्स क्लब इको फ्रेंडी, चिनारी नेपाल, रैथाने एग्रो प्रोडक्ट नेपाल रलुम्बिनी विश्व शान्त मंचको संयुक्त पहल कदमीमा रोशी गाउँपालिका को बाढीपहिरो प्रभावित बिद्यार्थीहरुलाई शैक्षिक
सामाग्रीहरु वितरण गरेको हो ।

नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँले आगामी दिनहरुमा पनि यस्तै प्रकोपमा परेका बिभिन्न स्थानहरुमा समेत शैक्षिक सामाग्रीहरु वितरण गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । कार्यक्रममा बानियाले परिषदले बि.सं. २०७२ सालको महाभुकम्पबाट प्रभावित बिभिन्न जिल्लाका बिद्यालय तथा बिद्यार्थीहरुलाई समेत शैक्षिक सामाग्रीहरु वितरण गरको स्मरण गराउनु भयो।
रोशी गाउँपालिका २१५ जना बाढीपहिरो पिडित बिद्यार्थीहरुलाई पुग्ने गरी शैक्षिक सामाग्रीहरु वितरण गरेकोमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद भन्तनाले नेपाल युवा परिषद र परिषदका अध्यक्ष सरोज बानियाँ लगायत सहयोगी संस्थाहरुलाई बिशेष धन्यबाद व्यक्त गर्नु भयो ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा नागरिक समुहका अध्यक्ष निगम हुमागाईंले शिक्षाको उज्यालो घामबाट बिद्यार्थी भाईबहिनीहरुलाई समाजसँग जोड्न सक्नुपर्छ र बिद्यार्थी भाईबहिनीहरुले पनि समाजलाई आफुले सक्दो सहयोग गर्न सक्नु पर्छ भन्दै नेपाल युवा परिषदलाई विशेष धन्यबाद दिनुभयो ।