नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटले बिदुर नगरपालिका वडा नं १ को अधिबेशनबाट नया कमिटि गठन गरेको छ ।
नारायण नगरकोटीको सभापतित्वमा १० सदस्यीय कमिटि गठन गरिएको हो। अधिबेशनले सर्बसम्मत रुपमा नया कमिटि गठन गरेको हो ,
नयाँ कमिटिमा चण्डिका थपलिया उप -सभापति,उपेन्द्र थपलिया सचिब र सदस्यहरुमा मंगल मान डंगोल ,सचिन खाती ,सुमित जोशी ,प्रकाश श्रेष्ठ ,ज्ञान बहादुर नगरकोटी ,शान्ति ढकाल ,पिंकी तामाङ्ग रहेका छन्।
पछिल्लो समय यस वडामा रास्वपाको सदस्यता लिनेको सख्या बढिरहेको छ। यो क्रम बढ्दो छ , वडा सभापति बनेका नारायण नगरकोटीले जानकारी दिनु भयो। यस अघिको तदर्थ कमिटिको सचिबमा बसेर काम गरिसकेका नगरकोटीले आफुले सभापतिको जिम्मा पाए सगै वडामा रास्वपालाई अझै बढी उचाइमा पुर्याउने बताउनुभयो।
पुराना दलका कारण मानिसहरु खुलेर देखिन नचाहे पनि रास्वपाको भोटर भने आफ्नो वडामा बलियो रहेको उनले बताए। पार्टी सभापति रबि लामिछानेलाई प्रतिसोध साधेका कारण स्थानीय तहहरुमा पछिल्लो समय रास्वपाप्रती जनताको झुकाब झन् बलियो बनेको उनको भनाइ थियो।
भेलामा रास्वपा नुवाकोट क्षेत्र न २ का गत निर्वाचनका प्रत्यासी उमेद्वार सुमन बिक्रम पाण्डे लगायत जिल्ला स्तरीय नेताहरुको पनि उपस्थिति रहेको थियो।