नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट तारकेस्वर गाउपालिका वडा नं ३ को वडा अधिवेशन सम्पन्न भएको छ ।
हिजो सम्पन्न अधिवेशनबाट भोज बहादुर भण्डारी सभापति सहित ७ सदस्यीय कमिटि सर्वसम्मत चयन गरिएको हो।
निर्वाचित कमिटिका अन्य पदाधिकारीहरुमा सिता ढुंगाना उप -सभापति , शिब प्रसाद ढकाल सचिब र सदस्यहरुमा प्रमिला परियार ,सम्मर बहादुर भण्डारी ,देवकी ढुंगाना र नेत्र बहादुर केसी रहेका छन्। बाकि दुइ सदस्य भने मनोनित हुने भएकोले चयन गर्न बाकि रहेको छ।
हाल यस वडामा रास्वपा प्रति झुकाब निकै बढिरहेको देखिन्छ।
भेलामा रास्वपा नुवाकोट क्षेत्र न २ का गत निर्वाचनका प्रत्यासी उमेद्वार सुमन बिक्रम पाण्डे, बागमती प्रदेश सभापति अच्युतम लामिछाने जिल्ला संयोजक रामेश्वर गजुरेल लगायत अन्य केन्द्रिय र जिल्ला स्तरीय नेताहरुको पनि उपस्थिति रहेको थियो।