अब मापसेको कक्षा अनलाइन बाटै हुने

Facebook
Twitter
WhatsApp

काठमाडौं । सवारी नियम उल्लंघन गर्नेहरूलाई अनलाइन माध्यमबाट कक्षा लिन प्रस्ताव गरिएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा सो प्रस्ताव पठाएको हो ।

लेन अनुशासन पालना नगरेको, तीव्र गतिमा सवारी दौडाएको, मादक पदार्थ सेवन गरेर सवारी चलाएको र रातो बत्तीमा सवारी चलाउनेलाई अनलाइन प्रविधिबाट कक्षा लिन प्रस्ताव गरिएको छ । अनलाइन माध्यमबाट कक्षा लिनुपर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयमा पठाइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) दीपक गिरीले बताए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयबाट निर्णय भएर आएपछि लागु गर्ने हाम्रो योजना  छ ।’

प्रहरी प्रधान कार्यालयको सूचना प्रविधि निर्देशनालयले अनलाइन कक्षा लिँदा चालकलाई जिम्मेवार बनाउने गरी सफ्टवेयर तयार गरिरहेको छ । ट्राफिक नियम उल्लंघनकर्ता नै अनलाइन कक्षामा सहभागी भए नभएको र पुरा समय कक्षा लिएको वा नलिएको थाहा हुनेगरी सफ्टवेयर तयार भइरहेको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले  बताए । ती अधिकृतले भने, ‘अनलाइन कक्षा हुँदा चालक बसेको नबसेको र लाइसेन्स होल्डर चालक नै हो, होइन भनेर यकिन गर्नेगरी प्राविधिक तयारी भइरहेको छ ।’

सडकमा लाइसेन्स चेकजाँच गर्दा नागरिक एपबाट हेर्न मिल्ने प्रणाली लागु गरिएको छ । सचेतना कक्षा लिँदा पनि नागरिक एप र नेपाल प्रहरी एपलाई लिङ्कअप गर्नेगरी काम भइरहेको अधिकारीहरू बताउँछन् । प्रहरी स्रोतका अनुसार ज्ञान बजार प्रालिको सहकार्यमा सफ्टवेयर बनिरहेको छ । एआई डिटेक्सन प्रविधिले ६० सेकेन्डभन्दा बडी समय अनलाइनमा चालक बसे नबसेको र सम्बन्धित बाहेक अर्को मानिस बसेको पनि पहिचान गर्नेछ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top