रास्वपाको मेघाङ्ग गाँउपालिका सभापतिमा मंगल बहादुर तामाङ्ग सर्बसम्मत

Facebook
Twitter
WhatsApp

नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट मेघाङ्ग गाउपालिकाको पालिका अधिवेशन सम्पन्न भएको छ ।
गत बैशाख ६ गते सम्पन्न अधिवेशनबाट मंगल बहादुर तामाङ्ग सर्बसम्मत पालिका सभापतिमा चयन भएका छन्। उनि सगै ७ सदस्यीय नयाँ कमिटि सर्वसम्मत चयन गरिएको हो।

निर्वाचित कमिटिका अन्य पदाधिकारीहरुमा सप लामा तामाङ्ग उप -सभापति , जस मान तामाङ्ग सचिब,संजय तामाङ्ग सह -सचिब र सदस्यहरुमा सानु माया घले ,धन बहादुर तामाङ्ग ,भुपाल मान तामाङ्ग रहेका छन्। त्यस्तै जिल्ला प्रतिनिधिमा सोम बहादुर तामांग ,बुद्दि मान तामाङ्ग र प्रदेश प्रतिनिधिमा सुरेन्द्र तामाङ्ग चयन गरिएको छ। बाकि सदस्य भने मनोनित हुने भएकोले चयन गर्न बाकि रहेको छ।

यो सगै उक्त दिन अन्य पार्टीबाट रास्वपामा प्रवेश गर्नेहरुको संख्या पनि धेरै रहेको सभापति मंगल बहादुर तामाङ्गले जानकारी दिनु भयो। पार्टी प्रवेश गर्नेमा माओबादि केन्द्रका सदस्यहरु धेरै रहेको बुझिएको छ। पार्टी प्रवेश गर्नेहरुमा सन्ता बहादुर तामाङ्ग ,कान्छा तामाङ्ग ,श्रीमान् तामाङ्ग ,बुद्दि तामाङ्ग ,बिर बहादुर बिक,रमेश कुमार तामांग ,सल्फर तामाङ्ग ,डम्बर तामाङ्ग रहेका छन्।

भेलामा उक्त दिन प्रतिकुल मौसमका बिच पनि सथानियाहरुको बाक्लो उपस्थिति रहेको थियो। भित्रि रुपमा यस वडामा रास्वपाप्रती धेरै जनताको झुकाब छ तर उनीहरु पुराना दलका पेलाइको कारण खुलेर अझै हिड्न चाहिरहेका छैनन् तर पनि पछिल्लो समय समर्थन गर्नेहरु उल्लेख्य रहेको सभापति तामाङ्गले बताए।

हाल यस वडामा रास्वपाको भोटर बाहेक सक्रिय सदस्यहरु 200 को हाराहारीमा पुगिसकेको छ। यो क्रम बढ्दो छ।
भेलामा केन्द्रिय सदस्य तथा रास्वपा संसद असिम शाह प्रमुख अतिथिको रुपमा उपस्थिति रहेका थिए। त्यस्तै नुवाकोट क्षेत्र न २ का गत निर्वाचनका प्रत्यासी उमेद्वार सुमन बिक्रम पाण्डे ,क्षेत्र न १ का प्रत्यासी प्रधुम्न महत ,केन्द्रिय सदस्य राम कृष्ण भट्टराइ ,बागमती प्रदेश सभापति अच्युत्तम लामिछाने ,जिल्ला संयोजक रामेश्वर गजुरेल लगायत जिल्ला स्तरीय अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top