भिजिट भिसामा उच्चस्तरीय समिति माग्दै रास्वपा नुवाकोटले सिडिओलाई बुझायो ज्ञापनपत्र

Facebook
Twitter
WhatsApp

भिजिट भिसाको दुरुपयोग र मानव तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग्दै रास्वपा नुवाकोटले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।

नुवाकोट क्षेत्र नं २ का प्रतिनिधिसभा उमेदवार सुमन बिक्रम पाण्डे सहित जिल्ला प्रशासन कार्यालय पुगेका रास्वपा नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेल ,उप सभापति शरण महतले शुक्रबार सिडिओ शाहीलाई ज्ञापनपत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।

रास्वपाले सदनमा निरन्तर आन्दोलन गरिरहेका बेला जिल्ला कमिटीले सिडिओमार्फत् सरकारको ध्यानाकर्षण थालेका छन्। ज्ञापनपत्रमा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने लगायतका माग गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top