रास्वपाको बेलकोटगढी – ५ को वडा भेला सम्पन्न ,रोशन नेपाल संयोजक

Facebook
Twitter
WhatsApp

नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट बेल्कोटगढी नगरपालिका वडा नं ५ को वडा भेला हालै सम्पन्न भएको छ ।
हिजो अर्थार्त असार १४ गते सम्पन्न भेलाबाट रोशन नेपालको संयोजकत्वमा ११ सदस्यीय नयाँ कमिटि गठन गरिएको हो। लामो समयदेखि गठनको पर्खाइमा रहेको यस वडाले अब भने पूर्णता पाएको छ।

भेलाले सर्बसम्मत चयन गरेका अन्य पदाधिकारीहरुमा अशोक गोले उप -सभापति , सन्तोष लामिछाने सचिब र सदस्यहरुमा . सुनिता अधिकारी , हरि श्रेष्ठ, विकास भण्डारी, रञ्जित नेपाल, दीपेन्द्र भण्डारी, विदुर राज कुवार, दीपेन्द्र भण्डारी, पुरुषोत्तम लामिछाने रहेका छन्।

भेलामा वडा बासीहरुको बाक्लो उपस्थिति रहेको थियो। भित्रि रुपमा यस वडामा रास्वपाप्रती धेरै जनताको झुकाब छ तर उनीहरु पुराना दलका पेलाइको कारण खुलेर अझै हिड्न चाहिरहेका छैनन् तर पनि पछिल्लो समय समर्थन गर्नेहरु उल्लेख्य रहेको संयोजक नेपालले बताए।

पछिल्लो समय यस वडामा रास्वपाको भोटर शुभेच्छुक सगै सक्रीय कार्यकर्ता पनि उल्लेख्य रुपमा बढिरहेको छ। यो क्रम बढ्दो छ।
भेलामा रास्वपाका नुवाकोटका नेता तथा नुवाकोट क्षेत्र न २ का गत निर्वाचनका प्रत्यासी उमेद्वार सुमन बिक्रम पाण्डे ,जिल्ला उप सभापति शरण महत , कोषाध्यक्षा जानुका सापकोटा ,बेलाकोतागढ़ी नगरपालिका सभापति कृष्ण प्रसाद पन्त मनोहर लगायत जिल्ला स्तरीय अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top