राष्ट्रीय स्वतन्त्र पार्टीले तेस्रो स्थापना दिवसको अवसर पारेर संचालन गरेको हस्ताक्षर अभियानले यतिखेर व्यापकता छाएको छ।
पार्टी सभापति रबि लामिछानेलाई सरकारले गरेको राजनीतिक प्रतिसोध बिरुद्द नागरिक ऐकेबद्दता गराउने उदेश्यले आयोजना गरेको यस अभियानमा अहिले देशै भरिबाट ब्यापक जना सहभागिता देखिएको छ।
देशको प्रमुख शहर ,जिल्ला सदमुकाम मात्रै नभई हरेक वडातहमा समेत उक्त अभियान अहिले संचालनमा छ। ५० लाख हस्ताक्षर संकलन गर्ने उदेश्य राखिएको यस अभियानमा हरेक तह र तप्काका नागरिकहरुको स्वतस्फुर्त सहभागिता देखिएको छ। राजधानी काठमाण्डूमा हरेक चोकमा मात्र नभई आफ्नो ब्यबसाय स्थलहरुमा समेत ब्यबसायीले हस्ताक्षर डेस्क नै संचालन गरिरहेको पाइएको छ।




यसै क्रममा बालाजु ,मनामैजुका ब्यबसायीहरुले पनि आफ्ना पसलहरुमा हस्ताक्षर संकलनमा सहयोग पुर्याइरहेको देखिन्छ। नुवाकोट तार्केस्वर -३ निवासी रामचन्द्र ढुंगानाले आफ्नै पसलमा उक्त कार्य गरिहेका छन्। पसलमा आउने ग्राहकहरुलाई उनले मनोभावना बुझेर इच्छा राख्नेहरुलाई हस्ताक्षर गराइरहेका छन्।
अहिले सम्म उनले करिब ३०० ग्राहकहरुलाई हस्ताक्षर गराइसकेका छन्। हस्ताक्षर गर्ने अधिकांस मान्छे बिगतमा एमाले र कांग्रेसका समर्थक तथा कार्यकर्ता भएको उनले बताए। साच्चिकै देशलाई माया गर्ने नागरिकहरुले अब चै आ -आफ्नो तर्फबाट योगदान दिनुपर्ने बेला आएको उनले बताउदै भने – “मैले जस्तै अन्य ब्यबसायीहरुले पनि यो बेला केहि गरे रबि दाइलाई कति ढाडस मिल्थ्यो ”
ढुंगाना नुवाकोट तार्केस्वरका रास्वपाका स्थानिय नेता समेत रहेका छन्।