अफ्ताब आलमलाई थुनामै राख्न पुनरावेदन गर्ने तयारि

Facebook
Twitter
WhatsApp

काठमाडौं, २२ असार । मोहम्मद अफ्ताब आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएको छ । सो मुद्दामा निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएका अधिवक्ता पुष्पराज पौडेलले अबको एक हप्ताभित्रमा पुनरावेदन गरिसक्ने तयारी रहेको बताए ।

‘उच्च अदालत जनकपुर वीरगञ्ज इजलासले गरेको फैसला उपर हामी महान्यायाधिवक्ताको कार्यालय मार्फत अबको एक हप्ताभित्र सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गर्दैछौं,’– उनले भने ।

अधिवक्ता पौडेलले सो मुद्दाका प्रतिवादीहरुलाई सफाइ दिने पहिलो आधार घटना (बम विष्पोट) नै नभएको भन्ने रहेको बताए । तर, सो घटनामा घाइते भएका पीडित भारतको बिहार सीतामढीका ४३ वर्षीय गौरीशंकर राम चमार पनि काठमाडौं आएका छन् । घटना भएको हो भन्ने कुराको प्रमाण आफूहरुसँग रहेको उनले बताए ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top