महामहिमले मेरै पदमा आँखा गाडेपछि बाध्य भएर पार्टीले रोक लगायो : ओली

Facebook
Twitter
WhatsApp

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको बताएका छन् ।

बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिनेबारे आफूहरूले कल्पना समेत नगरेको छलफलका क्रममा बताए ।

पूर्वराष्ट्रपति भण्डारी देशकै अभिभावकका रुपमा बस्नुपर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रुपमा रहनुपर्ने व्यक्ति रहेको ओलीको भनाइ थियो ।

उनले भने–‘देशकै अविभावक बन्नु पर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँग पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्दीय कमिटीमार्फत पछिल्लो निर्णयमा पुग्नु परेको हो ।’

सो क्रममा उनले पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिए ।

ओलीले भने–‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारी देखि सिंगो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top