नुवाकोट किस्पाङ्ग ५ मा रास्वपाको वडा भेला सम्पन्न

Facebook
Twitter
WhatsApp

नुवाकोट। राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट किस्पाङ्ग गाउपालिका वडा नं ५ को वडा भेला हालै सम्पन्न भएको छ ।
हिजो सम्पन्न भेलाबाट गम्भीर गुरुङको संयोजकत्वमा ९ सदस्यीय नयाँ कमिटि गठन गरिएको हो।

भेलाले सर्बसम्मत चयन गरेका अन्य पदाधिकारीहरुमा विष्णु गुरुङ उप -सभापति ,राजेश भट्ट सचिब र सदस्यहरुमा शिवराज भट्ट ,रन्जना भट्टराइ ,गीता कुमारी अधिकारि ,खड्ग बहादुर तामाङ्ग ,हिरा माया गुरुङ र सबिना गुरुङ रहेका छन्।

भेलामा वडा बासीहरुको बाक्लो उपस्थिति रहेको थियो। भित्रि रुपमा यस वडामा रास्वपाप्रती धेरै जनताको झुकाब छ तर उनीहरु पुराना दलका पेलाइको कारण खुलेर अझै हिड्न चाहिरहेका छैनन् तर पनि पछिल्लो समय समर्थन गर्नेहरु उल्लेख्य रहेको संयोजक गुरुङ्गले बताए।

पछिल्लो समय यस वडामा रास्वपाको भोटर शुभेच्छुक सगै सक्रीय कार्यकर्ता पनि उल्लेख्य रुपमा बढिरहेको छ। यो क्रम बढ्दो छ।
भेलामा रास्वपाका नुवाकोटका नेता तथा नुवाकोट क्षेत्र न २ का गत निर्वाचनका प्रत्यासी उमेद्वार सुमन बिक्रम पाण्डे ,जिल्ला उप सभापति शरण महत लगायत जिल्ला स्तरीय अन्य नेताहरुको पनि उपस्थिति रहेको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top