चितवनमा रविको तस्बिरसहितको व्यानर सवारी साधनमा टाँस्ने अभियान शुरु

Facebook
Twitter
WhatsApp

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले सभापति रवि लामिछानेको तस्बिरसहितको व्यानर सवारीसाधनमा टाँस्ने अभियान सुरु गरेको छ ।

म्याजिक,अटो लगायतका सवारीसाधनमा व्यानर टाँसिएको रास्वपा भरतपुर महानगर समिति सचिव दिवाकरराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको बिरोधमा जारी हस्ताक्षर अभियानमा सहभागि हुन नागरिकलाई अपिल गर्दै व्यानर टाँस गरिएको हो ।

चितवनमा २ लाख हस्ताक्षर संकलन भएको सचिव श्रेष्ठले बताउनुभयो । यो अभियान अझै जारि रहदा र यस्तो प्रचारले अझ झन् धेरै हस्ताक्षर बढ्ने आंकलन गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top