नुवाकोट तार्केस्वर -२ का समाजसेबी केशब अधिकारीले देबिघाटमा रहेको बृद्दाश्रमलाइ जर्सी गाई दिएर सहयोग गरेका छन्। आश्रममा बसोबास गर्दै आएका बृद्दा नागरिकहरुलाई दुध उपलब्ध गराउनलाई गाई किनेर सहयोग गरिदिएको अधिकारीले बताए।
क्यानडामा बस्दै आएका जेठा छोरा दिपक अधिकारीले समाजसेवा स्वरुप पठाएको पैसाबाट नुवाकोटको देबिघाटमा रहेको “देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिस्ठान” आश्रमलाई गाई उपहार दिएको उनको भनाइ छ।

दुधको लागि प्रख्यात जर्सी जातको उक्त गाई आउदो भदौ महिनामा ब्याउने लागेको प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद नेपालले जानकारी दिनुभयो। उक्त जातको गाइको मूल्य आजकल रु १ लाख भन्दा बढी पर्ने बताइन्छ।
समाजसेवी तथा राजनीतिज्ञ केशब अधिकारीले यस अघि पनि आफ्नो स्थानीय तहमा विभिन्न क्षेत्रमा सहयोग गरेर सामाजिक उत्तर दायित्व निभाउदै आएका छन्। गत वर्ष अधिकारीले तारकेस्वर वडा नं ६ भमरामा रहेको श्री भमरा आधारभूत विद्यालयमा अध्ययनरत २ जना आफन्त बिहिन बेबारिसे अवस्थाका विध्यार्थिलाई एक वर्ष सम्मलाइ पुग्ने बिद्यालय पोशाक ,कापी ,किताब,कलम लगायतका सामाग्री सहयोग गरेका थिए।

त्यस्तै वार्ड नं ६ मा रहेको श्री बागेश्वरी आ. वि.मा अध्ययनरत असाहय र जेहेन्दार विध्यार्थिहरुलाई सहयोग गरेका थिए ।
उनले ति विध्यार्थिहरुलाई स्कुल ब्याग ,स्टेशनरीका सामाग्रीहरु उपलब्ध गराई सहयोग गरेका थिए।
अधिकारि लामो समय क्यानडा बसेर समाज सेवा र राजनीतिमा होमिन २ वर्ष अघि स्वदेश फर्केका हुन्। उनि हाल रास्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सक्रिय स्थानीय नेता हुन्।
स्वदेश फर्के लगत्तै पार्टी सभापति रबि लामिछानेको हातबाट टिका लगाई पार्टी पवेश गरेका हुन्। उनि आउदो ८४ मा हुने स्थानीय तहको निर्वाचनमा रास्वपाको तर्फबाट तार्केस्वर गाउपालिकाको अध्यक्षको तयारीमा छन्।