टर्कीलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रहः रूसी तेल आयात नगर्नु

Facebook
Twitter
WhatsApp

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीलाई रूसबाट तेल आयात नगर्न आग्रह गर्नुभएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानसँगको भेटमा ट्रम्पले यस्तो आग्रह गरेकाृे समाचारमा उल्लेख गरिएको छ ।

युक्रेनमाथि आक्रमण गरिरहँदासम्म रूसी ऊर्जा आम्दानीलाई नोक्सान पुर्याउने उद्देश्यसहित ट्रम्पले यस्तो अपील गरेको खबरमा भनिएको छ ।

अहिले टर्की पनि भारत र चीनसँगै रूसको सबैभन्दा ठूलो ऊर्जा ग्राहकमध्ये एक हो । यो वर्षको शुरूमा टर्की हुँदै युरोप पुगेको रूसी ग्यासको मात्रा २६ प्रतिशतले बढेको तथ्याङ्क देखिन्छ ।

अमेरिकामा भएको राष्ट्रसङ्घको महासभामा ट्रम्पले नाटो साझेदार राष्ट्रहरूलाई रूसबाट ऊर्जा खरिद गरेर आफ्नै विरुद्धको युद्धलाई पोषण गरिरहेको समेत आरोप लगाउनुभएको थियो ।

उहाँले रुसमाथि कडा प्रतिबन्ध लगाउने संकेत समेत गर्नुभएको खबरमा भनिएको छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top