प्रधानमन्त्रीको प्रतिबद्धताः जेन-जीआन्दोलनमा दमन गर्नेलाई कारबाही गछौं

Facebook
Twitter
WhatsApp

काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले गएको भदौ २३ र २४ गते जेन-जी आन्दोलनमा दमन गर्ने गर्नेलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा गोली हानेर युवाहरूको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

यस्तै प्रधानमन्त्रीले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरी ज्यान गुमाएका परिवारलाई आवश्यक राहतको घोषणा गरिएको पनि उल्लेख गर्नुभयो ।

घाइतेहरूको निःशुल्क उपचार भइरहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण गर्दै देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ७४ जना पुगेको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top