यमनमा इजरायलको ‘अहिलेसम्मकै ठूलो आक्रमण, आक्रमणबाट ८ जनाको मृत्यु

Facebook
Twitter
WhatsApp

एजेन्सी । इजरायली सेनाले आफ्नो वायुसेनाले यमनमा गरेको आक्रमणबाट ८ जनाको मृत्य भएको छ ।

इजरायली सेनाले आफ्नो वायुसेनाले यमनमा ‘अहिलेसम्मकै ठूलो आक्रमण’ गरेको दाबी गरेको छ ।

हुथी विद्रोहीहरूले बारम्बार गर्ने ड्रोन र क्षेप्यास्त्र आक्रमणको जवाफमा यो आक्रमण गरेको इजरायली सेनाले बताएको समाचारमा उल्लेख गरिको छ ।

इजरायली रक्षा बल आईडीएफले यमनको राजधानी सानामा दर्जनौं विमानहरूले हुथी सुरक्षा तथा गुप्तचर सेवा र सेनासँग सम्बन्धित पूर्वाधारहरूमा बमबारी गरेको बताएको छ ।

हुथी विद्रोही सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यो आक्रमणलाई इजरायलद्वारा गरिएको ‘क्रूर अपराध’ को रूपमा वर्णन गरेको छ ।

इजरायली सेनाले आवासीय भवनहरूलाई लक्षित गर्दै गरेको आक्रमणमा आठ जनाको ज्यान गएको मन्त्रालयले छ ।

इजरायली रेड सी रिसोर्ट इलातमा हुथी विद्रोहीहरूले गरेको ड्रोन आक्रमणमा २२ जना घाइते भएको एक दिनपछि इजरायली सेनाले आक्रमण गरेको खबरमा उल्लेख छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top