आज ४६औँ विश्व पर्यटन दिवस, नेपनलमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

Facebook
Twitter
WhatsApp

काठमाण्डौ । आज ४६औँ विश्व पर्यटन दिवस मनाइदैछ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी ४६औँ विश्व पर्यटन दिवस मनाइँदैछ ।

हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा ‘पर्यटन र दिगो रुपान्तरण’ रहेको छ । सेप्टेम्बर महिनालाई पर्यटकीय सिजन शुरुआतका रुपमा लिने गरिन्छ ।

तर नेपाल आउने विदेशी पर्यटकको संख्या मुख्य सिजनमा नै घटेको छ ।

सेप्टेम्बर एक देखि १८ तारिखसम्मको अवधिमा गएको वर्षको तुलनामा झन्डै आठ हजारले घटेको अध्यागमन विभागले जनाइको छ ।

अघिल्लो वर्ष यो अवधिमा झण्डै ३५ हजार पर्यटक नेपाल घुम्न आएका थिए । यसपाली २७ हजार हाराहारी रहेको छ ।

पछिल्लो जेन–जी आन्दोलनको असर पर्यटन क्षेत्रमा पनि परेको छ । होटल प्रतिष्ठानलगायतमा भएको आगजनी, तोडफोड र लुटपाटबाट पर्यटन क्षेत्र प्रभावित भएको हो ।

विगतको भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायतले शिथिल बनेको पर्यटन क्षेत्र विस्तारै पुरानै लयमा फर्किन क्रममा थियो । तर पछिल्लो विषम अवस्थाले पर्यटन क्षेत्रमा पनि प्रभाव पारेको छ ।

अब फेरि पर्यटन क्षेत्रलाई उठाउने सरोकारवालाले जनाएका छन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० दीपकराज जोशीले नेपालको पर्यटन पुनःरूत्थानका लागि पहल थालिएको बताउनुभयो ।

होटल सङ्घका अध्यक्ष विनायक शाहले सबै सरोकारवाला एकताबद्ध भएर पर्यटन पुनःरूत्थानको प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

यसका लागि सकारात्मक सन्देश प्रबाह गर्न आवश्यक रहेको उहाँको भनाइ छ । प्यासिफिक एशिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरका महासचिव नरेन्द्रदेव भट्टले नेपालको पर्यटन छिट्टै पुनःरूत्थान हुने विश्वास व्यक्त गर्नुभयो ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top