भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ

Facebook
Twitter
WhatsApp

एजेन्सी । भारतको लद्दाखबाट सामाजिक अभियन्ता सोनम वाङ्चुक पक्राउ परेका छन् ,।

उनलाई राष्ट्रिय सुरक्षा ऐन एनएसए अन्तर्गत मुद्दा लगाइएको छ ।

हिजो सोनम पक्राउ परेसँगै लद्दाखको लेहमा इन्टरनेट सेवा बन्द गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गलत सूचना फैलनबाट रोक्न इन्टरनेट सेवा बन्द गरिएको हो ।

लद्दाखलाई राज्यको मान्यता दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न माग गर्दै प्रदर्शनमा सहभागी र सुरक्षाकर्मीबीच गएको बुधवार हिंसात्मक झडप भएको थियो । घटनामा चार जनाले ज्यान गुमाएका छन् ।

भारतीय सञ्चारमाध्मयका अनुसार लद्दाखको लेहमा भएको हिंसात्मक प्रदर्शनमा भारत सरकारले उहाँलाई जिम्मेवार ठहर्याएको छ । झडपपछि उहाँले अनशन तोड्नुभएको थियो ।

भारतको गृह मन्त्रालयले सोनमले नेपालमा हालै भएको जेन–जी आन्दोलनको उदाहरण दिएर भिडलाई उक्साएको आरोप समेत लगाएको छ ।

भारतीय संविधानको छैटौँ अनुसूचीले लद्दाखजस्ता मुख्यतः आदिवासी समुदाय बसोबास गर्ने क्षेत्रहरूलाई विशेष स्वायत्त राज्यको रूपमा विभिन्न विशेष अधिकारको व्यवस्था गरेको छ ।

सन् २०१८ मा र्यामोन म्यागसेसे पुरस्कार पाएका अभियन्ता सोनमले केन्द्र सरकारले लगाएका सबै आरोपलाई अस्वीकार गरेका छन् ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top