जेनजी आन्दोलनबाट क्षति भएको गाडी खरिद गर्दा सस्तो ब्याजमा ऋण पाइने

Facebook
Twitter
WhatsApp

काठमाण्डौ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठानले कर्मचारीलाई तलब खुवाउनका लागि सस्तो ब्याजमा ऋण पाउने भएका छन् ।

प्रभावित संस्था तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीको रोजगारी सुनिश्चित गर्न राष्ट्र बैंकले रोजगारदाता संस्था र प्रतिष्ठानलाई सस्तो ऋण दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

यस्तो कर्जा माग गरेमा बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा बढीमा ०.५० प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्नु पर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

यस प्रकारको कर्जा एक वर्ष वा संस्था सञ्चालनमा आउन लाग्ने अवधिमध्ये जुन कम हुन्छ, त्यस अवधिसम्मका लागि मात्र प्रवाह गर्नु पर्नेछ । यसरी प्रवाह भएको कर्जामा लाग्ने ब्याजदरमा ६ महिनासम्मका लागि दुई प्रतिशत ब्याजदर नेपाल सरकारबाट अनुदान प्राप्त हुनेछ ।

अनुदान नेपाल सरकारबाट प्राप्त भएपछि ऋणीलाई उपलब्ध गराउनु पर्नेछ ।

यस्तो कर्जाका लागि सम्बन्धित रोजगारदाता संस्थाले आउँदो पुस मसान्तभित्रमा निवेदन दिनुपर्ने व्यवस्था राष्ट बैंकले गरेको छ ।

यस्तै प्रदर्शनको क्रममा क्षति भएका गाडी प्रतिस्थापनका लागि ऋण लिनुपरे गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले सगाडी खरिद गर्न कर्जा प्रवाह गर्दा अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण दिन पाइने व्यवस्था छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top