जापानको राजधानी शहर टोकियोमा महँगी बढ्यो, चामलसहित खाद्यान्नको मूल्य उच्च

Facebook
Twitter
WhatsApp

एजेन्सी । जापानको राजधानी शहर टोकियोमा महँगी बढेको छ । टोकियोमा खाद्यान्नको मूल्य निरन्तर बढिरहेको छ ।

आन्तरिक मामिला मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मूल उपभोक्ता मूल्य सूचकाङ्क गएको अगस्ट महिनामा अघिल्लो वर्षको त्यहि महिनाको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०२० लाई आधार वर्ष मानेर बनाइएको सूचांक १०० मा रहँदा यस पटकको सूचकाङ्क ११० पुगेको त्यहाँको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ताजा वस्तुहरूबाहेक प्रशोधित खाद्य वस्तुको मूल्य ६.९ प्रतिशतले बढेको छ ।

मुख्यगरी चामलको मूल्य ४६.८ प्रतिशत, चकलेटको ५३.८ प्रतिशत र कफीको दानाको मूल्य ४७.८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

टोकियो महानगरपालिकाले चालू सेप्टेम्बर १७ तारिखदेखि बालबालिका स्याहार शुल्क मिनाहा गर्ने कार्यक्रम विस्तार गरेपछि बाल स्याहार सेवाको शुल्कमा ६०.४ प्रतिशतको कमी आएको छ ।

टोकियोको मूल्य सूचकाङ्कलाई जापानभरको महँगीको प्रवृत्ति देखाउने प्रमुख सङ्केतका रूपमा लिइन्छ ।

तर सम्पूर्ण जापानको चालू महिनाको उपभोक्ता मूल्य सूचकाङ्क अर्को महिना अक्टोबर २४ मा सार्वजनिक हुनेछ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top