सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर

Facebook
Twitter
WhatsApp

काठमाण्डौ । सहकारी दर्ताका लागि छुट्टै सफ्टवेयर राष्ट्रिय सहकारी नियमन प्राधिकरणले निर्माण गरेको छ ।

सफ्टवेयरमार्फत् यहि असोज महिनाभित्रै सहकारी दर्ता प्रक्रियाको थालनी गर्ने प्राधिकरणले जनाएको छ ।

सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरीएको र यसको सम्पूर्ण काम पूरा भएको प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणालीलगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्नेरगराउने काम प्राधिकरणले गर्नेछ ।

निर्देशक पौडेलले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा नियामकीय मापदण्ड जारी गर्ने पनि बताएका छन् ।

सहकारी ऐन, २०७४ लाई स्पष्ट पार्नुपर्ने कतिपय विषयहरूको सन्दर्भमा मन्त्रालयले सहकारी नियमावली, २०७५ संशोधन तयारी गरिरहेको र प्राधिकरणको तर्फबाट पनि आवश्यक गृहकार्य भइरहेको उनले बताए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top