नेकपा एसका अध्यक्ष नेपालले जसपाका अध्यक्ष राईसंग अचानक किन भेट्न खोजे ? के पार्टी एकता हुन लागेको हो ?

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपासँग संवाद गरेको छ ।

विभिन्न पार्टीसँग एकता वार्ता गर्ने सन्दर्भमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जसपाका अध्यक्ष राईसंग संवाद गरेका हुन् ।

एक नेता स्रोत अनुसार, राईसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, उपाध्यक्ष बेदुराम भुसाल, उपाध्यक्ष प्रकाश ज्वाला समेत उपस्थित थिए ।

उक्त अनौपचारिक भेट एकीकृत समाजवादी र जसपा मात्रै पार्टी एकता गर्ने भनेर कुरा भएको भने नभएको बताइएको छ ।

माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपासँग समेत कुरा भइराखेको छ ।

एक नेताका अनुसार यही सिलसिलामा अशोक राईसँग समेत भेट भएको थियो ।

यस अन्तर्गत एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहितका नेताहरूले जसपा अध्यक्ष राईसँग संवाद गरेका हुन् ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top