काठमाडौं । नेकपा एमालेले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मूठभेडतिर लैजान उद्यत भएको बताएको छ ।
शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले सरकारबारे गम्भीर छलफल गरेको बताउँदै उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
‘एकातिर प्रहरीलाई कुटीकुटी हत्या गर्ने र हतियार लुट्नेलाई सजिलै छाडिदिने, गृहमन्त्रीको दबाबमा ।
उनले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्धत छ रहेको बताएका छन् ।
वर्तमान सरकारले गरेका क्रियाकलापबारे पार्टीमा गम्भीर समीक्षा भएको उनले बताएका छन् ।
जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने एमालेले बताएको छ । भदौ २४ गते जे भयो, त्यो लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएको एमालेले जनाएको छ ।
अहिलेको सरकारले गरेका क्रियाकलाप्रति भने पार्टीको गम्भीर ध्यानाकर्षण भएको पनि उनले बताएका छन् ।
