तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन दलहरुलाई राष्ट्रपतिको आग्रह

Facebook
Twitter
WhatsApp

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि चुनाव एक मात्र विकल्प भएकाले आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावमा केन्द्रित हुन दलहरूलाई आग्रह गर्नुभएको छ ।

हिजो शीतल निवासमा प्रधानमन्त्री र मन्त्रीहरुसहित भएको सर्वदलीय बैठकमा उहाँले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई पनि सुझाव दिनुभएको छ ।

बैठकमा सहभागी दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलहरू चुनावमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संशय पैदा भएको बताएका थिए ।

यो शंका र संशय हटाएर निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा चुनाव सम्पन्न हुने विश्वास दिलाउन सरकारले सक्नुपर्ने उनीहरुको भनाइ थियो ।

बैठकमा सहभागी प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिताविना चुनाव नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित चुनाव गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाउनुभयो ।

उहाँले परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह पनि गर्नुभएको छ ।

बैठकमा मन्त्रीहरुसँगै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुषाल लगायतका नेताहरुको सहभागिता थियो ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top