इजरायल–हमास युद्धविरामपछि गाजावासीहरू घर फर्कन थाले

Facebook
Twitter
WhatsApp

एजेन्सी । इजरायल र हमास लडाकु समूहबीच युद्धविराम घोषणापछि हजारौं विस्थापित प्यालेस्टिनी आफ्नो घर बस्तीमा फर्कनेको लर्को लाग्न थालेको छ ।

बीबीसीका अनुसार, गाजा शहरबाट विस्थापित भएका हजारौं प्यालेस्टिनी परिवार दक्षिण गाजाबाट फेरि उत्तरतर्फ फर्किन थालेका बीबीसीले जनाएको छ ।

कतिपय विस्थापितहरू आफ्ना सरसामान बोकेर २० किलोमिटरभन्दा लामो पैदल यात्रा गरी उत्तरी गाजातर्फ फर्किरहेका छन् ।

इजरायली सेनाले युद्धविराम सम्झौता र बन्धकको फिर्तीको तयारीका लागि सैन्य कारबाही बन्द गरेको जनाएको छ ।

दुई वर्षसम्मको युद्धपछि गाजामा रहेका इजरायलका बाँकी बन्धकका परिवारमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको युद्धविराम कायम हुने आश जागेको छ । इजरायलले रिहा गर्ने योजना बनाएका दुई सय ५० जनासहित एक हजार सात सय प्यालेस्टिनी कैदीको सूची सार्वजनिक गरेको छ ।

युद्धविराम सम्झौताअनुसार हमासले दुई वर्षअघि भएको आक्रमणका क्रममा अपहरणमा परेका दुई सय ५१ जनामध्ये अझै पनि बन्धक बनाइएका ४७ जना जीवित र मृत व्यक्तिलाई हस्तान्तरण गर्नेछ ।

हमासको नियन्त्रणमा रहेका बन्धकहरु छिट्टै रिहा हुने छन् । बन्धकमध्ये २० जना मात्रै जीवित छन् ।

तर अन्तराष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जारी गरेको सूचीअनुसार नेपालका विपिन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको २० बुँदे योजनाका आधारमा इजरायल र हमासबीच युद्धविराम र बन्धक साटासाटको सम्झौतामा बुधबार सहमति भएको हो ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले जवाफी कारवाही थालेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top