राजनीतिक दल दर्ता गर्न दिइएको थप समय आज सकिँदै

Facebook
Twitter
WhatsApp

काठमाडौं : आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न दिइएको थप समय आज सकिँदैछ। निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार मंसिर १ देखि १० गतेसम्म दर्ता अवधि रहेको थियो। तर दलहरू प्रक्रिया पूरा गर्न समय लाग्ने भन्दै आग्रह आएपछि आयोगले चार दिन थप गरेर आजलाई अन्तिम दिन बनाएको हो।

आयोगका अनुसार गत शुक्रबारसम्म १०८ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि दर्ता भइसकेका छन्। आजसम्म दर्ता भएका दलले आगामी चुनावमा भाग लिन पाउनेछन्। २०७९ साल मंसिरमा भएको प्रतिनिधिसभा चुनावको तुलनामा यसपटक दल दर्तामा उल्लेख्य वृद्धि भएको छ। २०७९ मा ८४ दल प्रतिस्पर्धामा सहभागी भएका थिए भने यसपटक दर्ता संख्या १०८ पुगिसकेको छ, अझ केही थपिन सक्ने आयोगको अनुमान छ।

जेनजी आन्दोलनपछि मात्रै २३ नयाँ दललाई आधिकारिकता
जेनजी आन्दोलनपछि गठन भएका २३ दलले आयोगबाट आधिकारिक मान्यता पाइसकेका छन् । त्यस्तै १६ दल हाल पनि दर्ता प्रक्रियामा रहेका छन्।

हालै दर्ता भएका दल
आयोगका अनुसार पछिल्लो समयमा माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भएका छन्।
सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दिपककुमार साहको सर्वोदय पार्टी, सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी पनि दर्ता भइसकेका छन्।

यसैगरी—

-रमनकुमार श्रेष्ठको जनादेश पार्टी नेपाल

-गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी

-श्रृया केसीको नागरिक सेवा पार्टी

-अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टी

-योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी

-प्रशान्त सिंहको पिपुल फर्स्ट

पहिले दर्ता भएका दलहरूमा हर्कराज राई (साम्पाङ)को श्रम संस्कृति पार्टी, फुटेर बनेको राष्ट्रिय जनमुक्ति पार्टी, दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी, कबिर सोपको नागरिक उन्मुक्ति पार्टी नेपाल लगायत समावेश छन्।

त्यस्तै—

-प्रचण्ड–माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी

-राजेश प्रतेलको राष्ट्रिय परिवर्तन पार्टी

-रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी

-नेत्रविक्रम चन्द ‘विप्लव’को कम्युनिस्ट पार्टी नेपाल

-अकबर खानको राष्ट्र निर्माण दल नेपाल

-सत्यवान कुमार सिंहको स्वाभिमान पार्टी

-खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल

-रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वोच्चता पार्टी नेपाल पनि दर्ता भइसकेका छन्।

दर्ता प्रक्रियामा रहेका दल
हाल दर्ता प्रक्रियामा रहेका दलहरूमा—

-गोपीलाल न्यौपानेको नेपाल लिभरल पार्टी

-हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी

-चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी

-राजकुमार कक्षपतिको नेकपा (वामपन्थी केन्द्र)

-सुन्दरराम बोहराको आवाज पार्टी

-प्रशान्त आचार्यको नेपाली प्रथम पार्टी

-अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल

-सन्दीप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल

त्यस्तै—

-नुमा लिम्बूको समावेशी समाजवादी पार्टी

-टीकाराम पुरीको राष्ट्रिय गौरव पार्टी

-जीवन लिम्बूको एकता नेपाल

-किशोरी कार्कीको नवनिर्माण

-लक्ष्मीप्रसाद खतिवडाको राष्ट्रिय सनातन पार्टी नेपाल

-शरदसिंह यादवको जनअधिकार पार्टी

-काजल अधिकारीको न्यू न्यास्नलिस्ट पार्टी

-शम्भु पोखरेलको उदार लोकतान्त्रिक पार्टी पनि प्रक्रियामा रहेका छन्।

आज म्याद सकिएसँगै आगामी चुनावमा सहभागी हुने दलहरूको अन्तिम सङ्ख्या टुंगिनेछ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top