रबि लामिछाने ८ महिनापछि आज पार्टी कार्यालय प्रवेश गर्दै

Facebook
Twitter
WhatsApp

 पुस ६, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्। सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा पौने ४ करोड धरौटी बुझाएर शुक्रबार नक्खु कारागारबाट रिहा भएका सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टीको केन्द्रीय कार्यालयमा प्रवेश गर्दै छन्।

रास्वपा प्रवक्ता मीनष झाले भने, ‘आज दिउँसो ३ बजे सभापति रवि लामिछानेज्यूलाई पार्टी केन्द्रीय कार्यालय, वनस्थलीस्थित घण्टीघरमा स्वागत गर्ने कार्यक्रम छ।’ उनका अनुसार सभापति लामिछाने साढे ८ महिनापछि आज पार्टी कार्यालय प्रवेश गर्दै छन्। ‘यसअघि उहाँ अन्तिमपटक गत चैत १५ गते पार्टी कार्यालयमा उपस्थित हुनुभएको थियो’, प्रवक्ता झाले भने।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top