आउदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले नुवाकोट क्षेत्र नम्बर २ बाट हिरानाथ खतिवडालाई उम्मेदवारको टिकट दिएको छ।
खतिवडा बागमती प्रदेशका पूर्वसांसद समेत हुन्। उनि एक कार्यकाल बागमती प्रदेशसभा सदस्यको रूपमा जिम्मेवारी बहन गरिसकेका अनुभबी नेता हुन् । खतिवडा स्थानीय स्तरमा जनतासँग भिजेका एक इमान्दार नेताका रूपमा समेत चिनिन्छन ।
खतिवडालाई नुवाकोटका प्रभावशाली दिवंगत नेता पोष्टबहादुर बोगटीका निकटस्थ नेताका रुपमा मान्ने गरिएको छ । जनाधार राम्रो बनाएका उमेदवारका रुपमा पार्टीले अघि सार्दै गर्दा जित्ने आधारहरु पनि धेरै रहेको बुझिन्छ।
तत्कालीन नेकपा एकीकृत समाजवादी सहितका कम्युनिस्ट शक्तिहरूको समर्थन भएको अबस्थाले गर्दा पनि खतिवडाले नुवाकोट–२ मा राम्रो मत ल्याउने सर्वेक्षण यतिखेर गरिन थालेको छ।