ढाकाकुमार श्रेष्ठ हर्क साङ्गपाङ्ग नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश

Facebook
Twitter
WhatsApp

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साङ्गपाङ्ग नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। मंगलबार पार्टीका अध्यक्ष हर्क साम्पाङले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठको पार्टी प्रवेशबारे जानकारी दिएका छन्।

श्रेष्ठ यसअघि रास्वपाबाट समानुपातिक सांसद थिए। सांसद पदमा बहाल रहेकै बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनी विवादमा आएका थिए।

उक्त अडियोमा उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनुपर्ने भन्दै रकम माग गरेको सुनिएको थियो।

अडियो प्रकरण बाहिरिएलगत्तै रास्वपाले उनलाई अनुशासनको कारबाही गर्दै पार्टीको साधारण सदस्य र सांसद पदबाट समेत निष्कासन गरेको थियो।

विवादित छविका श्रेष्ठमाथि लागुऔषधसम्बन्धी कसुरमा पनि प्रहरी कारबाही भएको थियो। पोखरास्थित आफ्नै मेडिकलबाट प्रतिबन्धित औषधि ट्रामाडोल बिक्री गरेको आरोपमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको थियो।

उक्त मुद्दामा उनी ७५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top