सानो मन्त्रीमंडल बनाउने पक्षमा बालेन

Facebook
Twitter
WhatsApp

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले नयाँ सरकार गठनका लागि आजबाट आन्तरिक गृहकार्य सुरू गरेका छन् । उनले सरकारको आकारबारे आफ्ना टीमसग छलफल थालेको बताइएको छ।

रास्वपाले यतिखेर स्पष्ट बहुमत ल्याइसकेको छ । प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी १८२ सिट रास्वपाको एकल छ। थप दुई सांसदले रास्वपा सरकारलाई समर्थन गरेमा दुई तिहाइ बहुमतका सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बालेन शाह बन्नेछन ।

समानुपातिकतर्फ निर्वाचन आयोगले संख्या दिएपछि रास्वपाले सो अनुसार संख्या टुंग्याइने छ र त्यसपछि पार्टीको बैठक बसेर सरकार गठनबारे औपचारिक छलफल हुने छ ।

बालेनले संसदभन्दा बाहिरबाट विज्ञहरू छानेर मन्त्री बनाउने व्यापक हल्ला गरिए पनि त्यस्तो सम्भावना नरहेको स्रोतले बतायो । रास्वपाको वाचापत्रमा पनि गैरसांसदलाई मन्त्री बनाउने एजेन्डा समावेश छ । तर, अहिलेको संवैधानिक प्रावधानमा परिमार्जन नगरिकन त्यो सम्भव नहुने निष्कर्षमा बालेनको टीम पुगिसकेको छ ।

गैरसांसदलाई मन्त्री बनाउन लागेको भन्ने हल्ला भ्रमपूर्ण हो, सांसदहरूमध्येबाटै क्षमता र विज्ञता हेरेर मन्त्रीको नाम छनोट गर्नुहुने छ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार बालेनले मन्त्रालयको संख्या भने घटाउन चाहेका छन् । संविधानतः एउटा सरकारमा अधिकतम २५ जना मन्त्रीहरू रहन सक्छन् । मन्त्रालयको संख्या भने अहिले २२ वटा छ । बालेनले यसलाई १४/१५ मा झार्न चाहेको उनीनिकट एक नेताले जानकारी दिए ।

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top