रवि-बालेनलाई अभिमुखीकरणमा सहभागी गराउने प्रयास हुँदैछ : उपसभापति अर्याल

Facebook
Twitter
WhatsApp

३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूलाई दिन लागेको दुई दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु भएको छ ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा केहीबेरदेखि अभिमुखीकरण कार्यक्रम चलिरहेको हो । कार्यक्रमको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने उपस्थित भएका छैनन् ।उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले घन्टी बजाएर कार्यक्रम उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा बोल्ने क्रममा उपसभापति अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए ।

‘दुवै जनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण उपस्थित नहुनुभएको हो,’ उनले भने, ‘समापनअघि उपस्थित गराउने प्रयास गराउने छौं ।’

रास्वपाको अभिमुखीकरण भोलिसम्म चल्नेछ । अभिमुखीकरण कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका रास्वपा सांसदहरू सहभागी छन् । अभिमुखीकरणमा सभापति लामिछानेले समापन सम्बोधन गर्ने कार्यतालिका छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top