नक्कली शैक्षिक प्रमाणपत्र बुझाएर टुरिष्ट गाइडको लाइसेन्स लिनेको विगविगी

Facebook
Twitter
WhatsApp

टुरिष्ट गाइड गर्नेहरुका लागि लाइसेन्स लिनुपर्ने अनिवार्य व्यवस्था छ । लाइसेन्स लिने व्यक्तिको न्युनतम शैक्षिक योग्यता स्नातक तह पास गरेको हुनुपर्नेछ । यद्यपी पर्यटक पथ प्रदर्शकको लागि काम गर्ने थुप्रै टुरिष्ट गाइडहरुले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र (स्नातक पास गरेको) बुझाएर लाइसेन्स लिने गरेको तथ्य खुलेको छ । टुरिष्ट गाइडको लाइसेन्स संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत पर्यटन विभागले दिदै आएकोमा पछिल्लो समय  प्रदेशबाट संस्कृति तथा पर्यटन मन्त्रालयअन्तरग पर्यटन कार्यालयले वितरण गर्ने गर्छ ।

लाइसेन्सको अवधि ५ वर्षको हुनेछ । लाइसेन्स लिनको लागि एसएलसी/एसईई देखि स्नातकसम्मको शैक्षिक प्रमाणपत्र, नागरिकतालगायतका कागजात अनिवार्य पेश गर्नुपर्नेछ । विदेशी शैक्षिक योग्यताको हकमा समकक्षताको मान्यता प्राप्त हुनुपर्ने व्यवस्था छ । लाइसेन्स लिनको लागि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)बाट पनि अनिवार्य तालिम लिएको हुनुपर्छ । यहाँ पनि सबै शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । यसरी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर सजिलै लाइसेन्स लिने गरेको पाइएपछि सम्बन्धित सरकारी निकायमाथि आशंक उब्जिएको छ ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर लाइसेन्स लिनेहरु प्रशस्तै भएपनि अहिलेसम्म कुनै छानविन वा अनुसन्धान भएको पाइएको छैन । स्रोतका अनुसार झण्डै ५ हजार टुरिष्ट गाइडमध्ये ३ सय बढीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर लाइसेन्स लिएका छन् । यसरी लाइसेन्स प्राप्त गर्नुमा सम्बन्धित निकायको मिलेमलो नभई सम्भव नहुने स्रोतको दावी छ ।

यसरी नक्कली शैक्षिक योग्यताकै आधारमा लाइसेन्स लिएकाहरु बरिष्ठ टुरिष्ट गाइड त बनेकै छन् । त्यसमाथि सोही लाइसेन्सकै आधारमा थुप्रै पर्यटन प्रर्वदन कम्पनीहरुबाट तलवै लिएर काम गरिरेहका छन् । यस्ताखाले टुरिष्ट गाइडमाथि छानविन तथा अनुसन्धान गर्नु सरकारको दायित्व हो तर अहिलेसम्म कुनै प्रक्रिया नबढाइनु भनेको नक्कली कार्यलाई बढवा दिनु हो ।

नक्कली कागजात पेश गरेर लाइसेन्स लिने गरेको बिषयमा अहिलेसम्म कुनै उजुरी वा जानकारी नभएको बगमती प्रदेश पर्यटन कार्यालयका सूचना अधिकारी बिपिन राइले बताए । `यस्तो बिषयमा अहिलेसम्म कसैले उजुरी दिनुभएको छैन, ´ उनले भने, `लाइसेन्स दिने निकाय पर्यटन कार्यालय नै भएकोले यदि कसैले गलत नियतका साथ लाइसेन्स लिएको फेला परेमा खारेज गर्न सकिन्छ ।´ कोही कसैलाई नक्कली कागजात पेश गरेर लाइसेन्स लिएको प्रमाणसहित उजुरी वा गुनासो गरे कार्बाहिको लागि आबश्यक पहल गरिने सूचना अधिकारी राईले जानकारी दिए ।

प्रमाणको रुपमा हामिलाइ उपलब्ध गराइएको कागजातबाट थुप्रै गाइडहरुले नक्कलि कागजात पेश गरेर लाइसेन्स लिएको स्रोतको दावी  छ । यस्ता गैर कानुनी धन्दा बन्द गर्न र नक्कली कागजात पेश गरि लाइसेन्स लिनेहरुलाई प्रचलित कानुनको दायारामा ल्याउन आगामी अंकमा नामसहित विस्तृत रूपमा समाचार पस्किने छौं ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top