अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन बेटिङ प्लेटफर्महरू २४ घन्टाभित्र पूर्ण रूपमा बन्द गर्ने

Facebook
Twitter
WhatsApp

नेपाल सरकारले देशभर अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजी (बेटिङ) प्लेटफर्महरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको ‘शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची’ अन्तर्गत सरकारले २४ घण्टाभित्रै सबै बेटिङ एप र वेबसाइट बन्द गर्ने निर्णय गरेको हो। कार्यसूचीको बुँदा नम्बर ४२ मा यस सम्बन्धी स्पष्ट निर्देशन दिइएको छ।

सरकारका अनुसार यस्ता सट्टेबाजी प्लेटफर्महरू मार्फत अवैध आर्थिक कारोबार बढ्दै गएको र ठूलो मात्रामा पुँजी पलायन भइरहेको निष्कर्ष निकालिएको छ। यसलाई नियन्त्रण गर्न तत्काल कडा कदम चालिएको जनाइएको छ।

यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सबै बेटिङ एप तथा सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिइएको छ।

सरकारले यस्ता गतिविधिले विशेषगरी युवा पुस्तालाई कुलतमा फसाउने र देशको अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पार्ने भन्दै अब यस क्षेत्रमा शून्य सहनशीलता (Zero Tolerance) नीति अपनाइने चेतावनी दिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top