रास्वपा नेता पाण्डे र पर्यटन मन्त्रीबीच छलफल

Facebook
Twitter
WhatsApp

काठमाडौं १७। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय पर्यटन तथा संस्कृति बिभाग प्रमुख सुमन बिक्रम पाण्डे र पर्यटन मन्त्री खड्क राज पौडेल (गनेस) बिच भेटघाट सम्पन्न भएको छ । भेटमा नेपालको  पर्यटन क्षेत्रलाई समग्र रूपमा सुदृढ र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित  मन्त्री पौडेल  र पर्यटन क्षेत्र आबद्ध सरोकारवालाबीच विस्तृत छलफल भएको छ ।

पर्यटन क्षेत्रमा आबद्ध विभिन्न व्यवसायीको उपस्थित रहेको छलफललाई राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय पर्यटन विभागले समन्वय गरेको थियो । रास्वपाको तर्फबाट विभाग प्रमुख सुमन पाण्डे, विभागका बागमती प्रदेश प्रमुख लक्ष्मण सिटौला बिभाग का सदस्य निरोज कर्माचार्य , र सितल चन्द्र  धरेल लगाएतको उपस्तिथि थियो  ।

छलफलमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई कसरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफल केन्द्रित बनेको सहभागी पाण्डेले जानकारी दिए । उनका अनुसार दुई मुख्य अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन सकेमा पर्यटन क्षेत्रलाई थप मजबुत बनाउने सकिने राय सहभागीहरूले दिएका छन् ।

सँगै, नेपाल वायुसेवा निगमको सुदृढीकरणको सन्दर्भमा पनि सहभागीहरूले सुझाव दिएको उनले बताए । पर्यटन क्षेत्रमा डिजिटल प्रवर्द्धनलाई प्रभावकारी बनाउने, सामाजिक सञ्जाल, वेबसाइट र अनलाइन मार्केटिङमार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच विस्तार गर्ने योजना पनि छलफलमा उठाईएको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top