दलको नेता बन्न बादल र सुहाङ र बिच प्रतिस्पर्धा

Facebook
Twitter
WhatsApp

नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न सर्वसम्मतिको प्रयास असफल भएपछि मतदान हुने भएको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा सहमति नजुटेपछि दलको नेताका लागि उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र युवा नेता सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुन लागेको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक प्रणालीबाट निर्वाचित सांसद ‘बादल’ लाई सर्वसम्मत रूपमा दलको नेता बनाउन चाहेका थिए। तर, प्रत्यक्षतर्फबाट निर्वाचित सांसद नेम्वाङले आफ्नो दाबी नछाडेपछि पार्टी आन्तरिक चुनावमा होमिएको हो।

निर्वाचन गराउन नेता निरज आचार्यको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

समितिका संयोजक आचार्यका अनुसार दलको नेताका लागि उपाध्यक्ष ‘बादल’ ले उम्मेदवारी फारम बुझाइसकेका छन् भने सांसद नेम्वाङले उम्मेदवारी दर्ताका लागि फारम लगेका छन्।

प्रतिनिधिसभामा एमालेका कुल २५ जना सांसद छन्। जसमध्ये ९ जना प्रत्यक्ष र १६ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका हुन्।

आकांक्षीहरूबिच सहमति जुट्न नसकेपछि आजै सांसदहरूबिच मतदान गराएर संसदीय दलको नेता छान्ने पार्टीको तयारी छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top