रास्वपा तारकेश्वर गाउँपालिका कार्यसमिति अधिवेशन सम्पन्न

Facebook
Twitter
WhatsApp

नुवाकोट , बैशाख ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तारकेश्वर गाउँपालिका कार्यसमितिको अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर कार्यसमिति अधिवेशनको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा बागमती प्रदेश सभापति अच्युतम लामिछानेले गरेका थिए।

उद्घाटन कार्यक्रममा बोल्दै लामिछानेले नव-निर्वाचित समितिलाई बधाई दिँदै आगामी स्थानीय निर्वाचनको तयारीमा सक्रिय हुन आग्रह गरे। उनले जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिँदै समसामयिक विषयहरूमा  संसदमा उठाएको बाँदर नियन्त्रणसम्बन्धी विषयलाई स्मरण गराउँदै यसको दीर्घकालीन समाधान आवश्यक रहेको बताए।साथै अन्य विभिन्न पुराना दलहरुमा आवद्ध स्थानियहरुले ठूलो सङ्ख्यामा पार्टी प्रबेश पनि गरेका थिय।

अधिवेशनबाट सभापतिमा ईश्वर अर्याल चयन भएका छन् भने उप- सभापति प्रेम प्रसाद वस्ती  चयन भएका छन्। त्यसैगरी सचिवमा केशव प्रसाद अधिकारी  छन भने उप – सचिबमा यम नारायण श्रेष्ठ चयन भएका छन ।सदस्यहरूमा जनक प्रसाद सिग्देल , कुमार तामाङ, अनीषा पौडेल अधिकारी, सुलोचना सुनार  र सन्सरी   गुरुङ रहेका छन्।

नवनिर्वाचित समितिले संगठन विस्तार, जनसम्पर्क वृद्धि तथा आगामी निर्वाचन लक्षित कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top