महामन्त्री धवल शम्शेरसहित ५ जना नेतामाथि कारबाहीको उजुरी, आज बस्दै अनुशासन समिति बैठक

Facebook
Twitter
WhatsApp
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्शेर राणासहित ५ जना नेताविरूद्ध पार्टीमा उजुरी परेको छ।

पार्टी अनुशासन समितिमा वैशाख ३ गते महामन्त्री राणासहित ५ जना नेताहरू विरूद्ध उजुरी परेको हो।

महामन्त्री राणा र प्रल्हाद साह, केन्द्रीय सदस्य कालिकोटका धनसुर शाही, दोलखाका रन्जन कार्की, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडामाथि पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा उजुरी परेको हो।

उक्त उजुरी परेपछि आवश्यक छलफलका लागि अनुशासन समिति बैठक आज दिउँसो बस्दैछ। उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा राप्रपा अनुशासन समिति छ।

महामन्त्री राणाका गतिविधि र अभिव्यक्ति पार्टी हित विपरीतका रहेको उजुरीमा उल्लेख छ।

महामन्त्री राणासहितले हालै काठमाडौंमा भेला गरेर एक साताभित्र महाधिवेशन मिति तोक्न र स्वतन्त्र व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउन माग गरेका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top