रवि लामिछानेलाई भेटेर के भने गृहमन्त्री गुरूङले?

Facebook
Twitter
WhatsApp

गृहमन्त्री सुधन गुरूङले पार्टी सभापति रवि लामिछानेलाई भेटेका छन्।

गृहमन्त्रीको सम्पत्ति स्रोतलाई लिएर विभिन्न खबरहरू आइरहेका छन्।

यसै सन्दर्भमा गृहमन्त्री र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता र कुराकानी भएको छ।सम्पत्तिको स्रोत तथा सम्पत्ति शुद्धीकरण कसुरमा हाल हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘साँठगाँठ’ देखिएको भन्दै गृहमन्त्रीको आलोचना भइरहेको छ।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गृहमन्त्री गुरूङलाई सोधपुछ गरेका हुन्।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि उनले ५० लाखभन्दा बढी सेयर कारोबार गरेको भेटिएको थियो। भट्ट समूहको कम्तीमा दुई वटा लघु बिमा कम्पनीमा गृहमन्त्री गुरूङ ५० लाख रूपैयाँको संस्थापक सेयर लगानीकर्ता रहेको प्रमाण बाहिर आएपछि सभापति लामिछानेले गृहमन्त्री गुरूङलाई बोलाएर यसबारे सोधेका हुन्।

‘गृहमन्त्री गुरूङलाई पार्टी सभापति रवि लामिछानेले आइतबार राति नै निवासमा बोलाउनुभएको थियो,’ रास्वपा स्रोतले सेतोपाटीसँग भन्यो, ‘सभापतिलाई भेट्न गृहमन्त्री गुरूङ आइतबार राति ८ बजे बूढानीलकण्ठस्ति निवास पुगेका थिए।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा गृहमन्त्री गुरूङले आफूसँग भएको सेयर उल्लेख गरेका थिएनन्। यहीँबाट शंका उब्जिएको थियो।सभापतिसँगको भेटमा गृहमन्त्री गुरूङले आफूले वैध आयबाटै सेयर खरिद गरेको जानकारी दिएको रास्वपाका एक नेताले बताए।

‘गृहमन्त्री गुरूङले आफूले वैध स्रोतबाटै सेयर खरिद गरेको बताउनुभएको थियो। उहाँले बैंकिङ कारोवारको विवरण पनि देखाउनुभएको थियो,’ उनले भने।

गृहमन्त्री गुरूङले आफ्नो तर्फबाट प्रष्टीकरण दिए पनि पार्टी अनुशासन आयोगले यसबारे बुझिरहेको ती नेताले बताए।

सोमबार अपराह्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ। यहाँ पनि यसबारे छलफल हुने नेताहरूले बताएका छन्।

‘गृहमन्त्रीले देखाएको विवरणबारे पनि अध्ययन हुनेछ। गलत नै देखिए पार्टीले जोगाउने प्रश्न आउँदैन,’ रास्वपाका एक नेताले भने, ‘गृहमन्त्री गुरूङले आफूले अवैध तवरले सेयर खरिद नगरेको भनेकोले यसको सत्यताबारे पनि अध्ययन भइरहेको छ।’

रास्वपाका नेताहरूले बताएअनुसार हिरासतमा रहेका व्यवसायी भट्टसँग गृहमन्त्री गुरूङको कनेक्सन देखिएकोबारे पार्टीभित्र यसअघि नै प्रश्न उठेको थियो। त्यतिबेला नै गृहमन्त्री गुरूङले भट्टको ‘अवैध’ कारोवार, व्यवसायमा आफू नजोडिने भन्दै नेतृत्वलाई आश्वस्त पारेका थिए।

गृहमन्त्रीबारे उठेका पछिल्ला प्रश्नबारे जबाफ दिने तयारी भइरहेको उनको सचिवालयले जानकारी दिएको छ।

‘उठेका प्रश्नबारे उहाँले सबै जबाफ दिनुहुनेछ। उहाँमाथि कानुनी प्रश्न छैनन्, उहाँले गलत गर्नुभएको पनि छैन,’ उनको सचिवालयले सेतोपाटीसँग भन्यो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top