योगेशको प्रश्न- एमालेले चुनावमा खाएको धक्काको जिम्मेवारी कसले लिने ?

Facebook
Twitter
WhatsApp

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिष्ट आन्दोलनभित्र गम्भीर वैचारिक बहस आवश्यक रहेको बताएका छन् ।

पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पार्टी पार्टी ७७औँ वर्षमा प्रवेश गर्दैगर्दा फुट, विभाजन, एकता, पुनर्गठन र रूपान्तरणका अनेक चरण पार गरेको उल्लेख गरेका छन् ।

मनमोहन अधिकारी र मदन भण्डारी जस्ता नेताले निर्माण गरेको विरासत अहिलेको नेतृत्वका लागि अग्नि परीक्षा बनेको उनको भनाइ छ। उनले पछिल्लो निर्वाचनमा खाएको धक्काको कारण नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीसँग जोडेर समीक्षा गर्नुपर्ने बताएका छन्।

उनको भनाइ जस्ताको तस्तै-

सन् १९४९ अप्रिल २२ अर्थात् २००६ साल वैशाख ९ गते कमरेड पुष्पलालको नेतृत्वमा नर ब कर्माचार्य, नारानविलास जोशी, निरंजनगोबन्द वैद्य र मोतीदेबी श्रेष्ठ सहितले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । नेकपा स्थापना ७६ वर्ष पूरा भएर वैशाख ९ गते ७७ वर्षमा प्रवेश हुने छ । यस अवधिमा नेकपाले फुट, विभाजन, एकता, पुनर्गठन, रूपान्तरणका अनेक बाटो हिँडेको छ ।

सफलताको सगरमाथादेखि असफलता र निराशाको चरम अनुभव बेहोर्नु परेको छ । पुष्पलाल, मनमोहन र मदन भण्डारीजस्ता ऐतिहासिक युग नेताले निर्माण गरेको सफलताको विरासतमाथि पछिल्लो नेतृत्व र आउने पुस्ता अग्नि परीक्षामा रहेको छ । उग्रवामपन्थी अतिवाद र दक्षिणपन्थी बिचारका विरुद्धको वैचारिक तथा राजनीतिक सङ्घर्षबाट निर्माण भएको जनताको बहुदलीय जनवाद आज हामीसँग छ ।

तर प्रश्न छ के हामीले जबजलाई सही अर्थमा बुझेका छौँ ? सोही अनुरूपको व्यवहार गरेका छौँ ? फागुन २१ को निर्वाचनबाट किन चरम धक्का खायौँ ? यसमा नीति, नेतृत्व, सङ्गठन, व्यवहार, कार्यशैली लगायतको दोष के के छ? जिम्मेवारी र जवाफदेहिता क-कस्ले लिनु पर्ने हो ? पार्टी र आन्दोलनको पुनर्जागरण र पुनःउत्थानको मार्ग के हो ? पार्टी स्थापना दिवसका अवसरमा यी र यस्ता सवालमा गम्भीर बहस गरौँ ।

राजधानीमा रहनुभएका कमरेडहरू यही वैशाख ९ गते अपराह्न २:०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेट गरौँ । आपसमा विचार विमर्श गरौँ । राजधानी बाहिरका कमरेडहरू स्थापना दिवसका लागि तोकिएको स्थानमा भेटेर आवश्यक बहस तथा छलफल गरौँ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top