पद्मा अर्याल बनिन् एमाले संसदीय दल उपनेता

Facebook
Twitter
WhatsApp

नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ।प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो। संसदीय दल नेता रामबहादुर थापा बादल छन्। संसदीय दल नेता बादलले नै अर्याललाई उपनेता मनोनीत गरेका हुन्।

प्रमुख सचेतक ऐन महरले सचिव अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको सेतोपाटीलाई जानकारी दिए।

‘पार्टी संसदीय दल विधानमा संसदीय दल नेताले उपनेता तोक्ने व्यवस्था छ, सोहीअनुसार संसदीय दल नेताले उपनेता मनोनीत गर्नुभएको हो,’ उनले भने।

एमालेले यसअघि प्रमुख सचेतकमा महर र सचेतकमा निता घतानीलाई मनोनीत गरेको थियो।

प्रतिनिधि सभामा एमालेका २५ जना सांसद छन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top