पूँजीबजार विकृतिबारे अर्थमन्त्री : जेनजी आन्दोलन नभए देश भँड्खालोमा जाकिने रहेछ

Facebook
Twitter
WhatsApp

२९ वैशाख, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलन नभएको भए देश भँड्खालोमा जाकिने बताएका छन् ।

मंगलबार अर्थसमितिमा पूँजीबजारमा रहेका विकृतिबारे बोल्दै उनले राजनीति र प्रभावशाली आर्थिक संस्थाहरुलाई कब्जा पारेर आम जनताको पैसा कुम्ल्याउने प्रवृत्ति अघिल्ला सरकारको पालामा भएको बताए । उनले वर्तमान सरकारले विश्वस्तरीय पूँजीबजार बनाउने उद्देश्यसहित सुशासनमा केन्द्रित हुने योजना बनाएको दाबी गरे ।

अब स्टक एक्स्चेन्जको पुनर्संरचनाका लागि गठन गरिएको समितिले दिएको सुझाव कार्यान्वयनमा जाने उनले बताए । नीति तथा कार्यक्रममा समेत स्टक एक्स्चेन्ज र पूँजीबजारबारे उदार नीतिहरू घोषणा गरिएको उनको भनाइ छ ।

‘बजेटमा यसलाई हामी थप आकार दिन्छौं, उनले भने, ‘यसलाई व्यवसायीकरण गरेर विश्वस्तरीय क्यापिटल बजारका मापदण्डलाई पछ्याउने गरी अगाडि लैजान्छौं ।’उनले अगाडि भने, ‘विगत केही वर्षमा यी संस्था केही व्यक्तिको कब्जामा गएको यथार्थ हो, जनताको १५/१६ अर्ब पैसा अपचलन गरेर मार्केट म्यानुपुलेसन, इन्साइडर ट्रेडिङ गरेर अकूत सम्पत्ति जम्मा गरेर राजनीतिलाई प्रभावित गरेर, केही प्रभावशाली नेतालाई त उनीहरूको गोजीमै राखेर, देशका राजनीतिक संस्था त कब्जा भए भए, आर्थिक संस्थाहरू समेत कब्जा गरेको एकदमै कटु यथार्थ छ ।’ उनले भने, ‘जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनै पर्छ, त्यो हस्तक्षेप नभएको भए हामी साँच्चिकै भड्खालोमा जाकिने क्रममा रहेछौँ ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

काठमाण्डौ उपत्यकामा मंसिर १ देखि मासु जाँच अनिवार्य, ‘पशु बधशाला तथा मासु जाँच ऐन’ चरणबद्ध रूपमा लागू गरिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर गाउँपालिका समितिको पार्टी कार्यालय उद्घाटन हुँदै

‘मतदान सकिएको एक–डेढ घण्टामा नतिजा दिन्छौं’

रास्वपा केन्द्रीय सदस्यमा ४ सयभन्दा बढीको उम्मेदवारी

चितवनमा मतदान तयारी भइरहँदा काठमाडौं फर्किए बालेन

कांग्रेस सदस्यता व्यवस्थापनको नयाँ तालिका, असार २० सम्म अद्यावधिक गर्न पाइने

Scroll to Top